Fri. Apr 19th, 2024

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाण्डौं, २०७९ जेठ १६ गते सोमबार। आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । आजदेखि सुरु हुने परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ ।

परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुनेछन् । यसअघि गएको वैशाखमा कक्षा ११ को परीक्षा भएको थियो ।

Facebook Comments