Sun. May 12th, 2024

नेकपाका श्रेष्ठ, न्यौपाने र दाहाल राष्ट्रियसभामा विजयी

काठमाडौं, २०७६ माघ ९ गते बिहीबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याउनुभएको हो । उहाँलाई नेकपाले अन्य समूहमा उम्मेदवार बनाएको थियो ।

महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले तीनहजार तीनसय ६६ मत ल्याएर जित्नुभयो भने नेपाली काँग्रेसका उम्मेदवार विमला गौतमको दुईहजार तीसय ४० मत प्राप्त गर्नुभएको थियो ।

वि.सं. २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा-२ मा श्रेष्ठ सात हजार मतान्तरले डा. बाबुराम भट्टराईसँग पराजित हुुनुभएको थियो ।

यसैबीच, प्रदेश नम्बर-२ मा नेकपाकी तुलसा दाहाल राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ । महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगिनाले ४७ सय ४० मतभार ल्याउनुभयो भने तुलसाले ५२ सय ८ मत ल्याउनुभयो । निर्वाचनमा दुई मत बदर भएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments