Wed. May 27th, 2026

सुनिता डंगोल भन्नुहुन्छ, “रचनात्मक तरिकाले विकासको काममा लाग्छु”

       

काठमाण्डौं, २०७९ जेठ १३ गते शुक्रबार । काठमाण्डौं  महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताउनुभएको छ ।

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ, त्यसैगरी ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट विजय हुनुभएको जनप्रतिनिधि सबैसँग सहकार्य गरेर नगर विकासमा लाग्ने हो ।” उहाँले जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहेको उल्लेख गर्दै यसअघि पनि आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरागर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नागरिकले दिएको हरेक मतलाई आफुलाई अठोट पूरा गर्ने बलियो सहारा बनाएको उहाँले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read