Sat. Sep 21st, 2024

विगत दश वर्ष चिनियाँ जनताको जीवन स्तर उकासिएको

काठमाण्डौं, २०७९ जेठ १२ गते बिहीबार । विगत दश वर्षमा चीनले श्रृंखलाबद्ध नीति तथा कदम चालेर दीर्घकालीन रूपमा रहेका धेरै समस्याहरूको समाधान गरेको छ। राष्ट्रिय विकासमा ऐतिहासिक उपलब्धि हासिल गर्दै जनताको जीवन स्तरमा नयाँ पाइला सारिएको छ।

दश वर्षमा चीनले हजारौँ वर्षदेखिको दुःखदायी गरिबी समस्याको समाधान गरेको छ। हालको मापदण्ड अनुसार गरिबी रेखामुनी रहेका ९ करोड ८९ लाखभन्दा बढी ग्रामिण गरिब जनता विपन्नताबाट मुक्त भएका छन्।

दश वर्षमा चीनको शहरीकरण दर ५३.१ प्रतिशतबाट ६४.७ प्रतिशतमा उकासिएको छ। विभिन्न तहका चिकित्सा सेवा प्रणाली पनि सुधार भएको छ र दश वर्षमा चीनको औसत अनुमानित आयु ७५.४ वर्षबाट ७७.९ पुगेको छ।

चीनमा विश्व कै सबैभन्दा ठूलो परिमाणको उच्च शिक्षा दिने प्रणालीको स्थापना भएको छ। चीनमा उच्च स्तरीय शिक्षा हासिल गरेका जनताको संख्या २४ करोड पुगेको छ। सीआरआई

Facebook Comments