Tue. Jun 18th, 2024

मञ्जुदेवी गुरुङ पोखराको उपमेयरमा एमालेबाट दोस्रो पटक विजयी

नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङ

काठमाण्डौं, २०७९ जेठ १२ गते बिहीबार । नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङ पोखरा महानगरपालिकाको उपमेयर पदमा विजयी हुनु भएको छ । उहाँ दोस्रो पटक उपमेयरमा निर्वाचित हुनु भएको हो ।

गुरुङले नेपाली कांग्रेसका कोपिला रानाभाटलाई पराजित गर्दै उपमेयर पदमा विजयी हुनु भएको हो । गुरुङले ६० हजार ५ सय ४६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गर्नुभएको छ । गुरुङले रानाभाटलाई ३ हजार ८ सय ८३ मतान्तरले पराजित गर्नुभएको हो ।

नवनिर्वाचित उपमेयर गुरुङ २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित हुनु भएको थियो । २०१८ साल मंसिर १६ गते जन्मनु भएकी गुरुङको २०३८ सालमा पर्वत आर्थर डाँडाखर्कका मेखबहादुर गुरुङसँग विवाह भएकोे हो । तर उहाँको दाम्पत्य जीवन लामो समय टिक्न सकेन । विवाह भएको ११ वर्षपछि ०४९ साल साउनमा उहाँका श्रीमानको जहाज दुर्घटनामा परेर निधन भयो ।

मञ्जुदेवी नेकपा एमालेमा विगत २५ वर्षदेखि संगठित हुनुहुन्छ । २०५५ सालमा वडा कमिटीबाट उहाँ राजनीतिमा प्रवेश गर्नुभएको हो । तर, त्यो भन्दा अघि नै एमालेको महिला संगठन अखिल नेपाल महिला ९अनेम० संघमा उहाँ आवद्ध हुनु भएको थियो । गुरुङ अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले अखिल नेपाल महिलासँग र पाटीका विभिन्न तहमा रहेर काम गरिसक्नुभएको छ भने उहाँ विभिन्न सामाजिक संस्थामा पनि आवद्ध हनुहुन्छ ।

Facebook Comments