Sun. May 19th, 2024

ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जन निर्वाचित, उपप्रमुख एमालेकी मञ्जली शाक्य

काठमाण्डौं, २०७९ जेठ १० गते मंगलबार । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन निर्वाचित हुनुभएको छ ।

नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतको फराकिलो अन्तरमा पराजित गर्दै महर्जन निर्वाचित हुनुभएको हो । महर्जन ४२ हजार ७ सय २२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । यसअघि २०७४ सालमा पनि महर्जनले व्यञ्जनकारलाई हराउनुभएको हो ।

उपपप्रमुखमा भने एमालेका मञ्जली शाक्य निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई ६ हजार ३ सय ३२ मतले हराउँदै शाक्य निर्वाचित हुनुभएको हो । शाक्यले २५ हजार ८४ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments