Sun. May 19th, 2024

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

काठमाण्डौं, २०७९ जेठ १० गते मंगलबार । आर्थिक वर्ष २०७९ र ८० का लागि नीति तथा कार्यक्रम आज प्रस्तुत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपतिले मुलुकको अर्थतन्त्रमा परेको आन्तरिक तथा बाह्य चापलाई सम्बोधन गर्न सरकारले आगामी आर्थिक वर्षमा विशेष अभियान सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।

नीति तथा कार्यक्रममा अर्थतन्त्रमा परेको चापलाई कम गर्न वित्तीय तथा मौद्रिक उपकरणको प्रयोग, सार्वजनिक खरिद कानुनमा सुधार, पूर्व तयारी नभएका, आयोजना बैङ्कमा प्रविष्ट नभएका, वित्तीय अनुशासन कायम गर्ने सरकारको योजना उल्लेख गरिएको छ ।

स्थानीय तहको राजस्व परिचालन सहज बनाउन आवश्यक मापदण्ड बनाउने र विदेशी सहयोगलाई रूपान्तरणकारी योजनामा परिचालन गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।

उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाउने, वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थान एकापसमा गाभ्ने वा खारेज गर्ने सरकारले आगामी वर्षका नीतिमा उल्लेख गरेको छ । आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, समान प्रकृतिमा सहकारी कोषलाई एकापसमा गाभ्ने योजना समेत नीति तथा कार्यक्रममा अगाडि सारिएको छ ।

उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाउने, वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थान एकापसमा गाभ्ने वा खारेज गर्ने सरकारले आगामी वर्षका नीतिमा उल्लेख गरेको छ । आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, समान प्रकृतिमा सहकारी कोषलाई एकापसमा गाभ्ने योजना समेत नीति तथा कार्यक्रममा अगाडि सारिएको छ । रेडियो नेपाल

नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०

 

Facebook Comments