Tue. Dec 24th, 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँनुहुँदै

काठमाण्डौ, २०७९ जेठ २ गते सोमबार । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी आज लुम्बिनी आउदै हुनुहुन्छ । एकदिने भ्रमणका लागि लुम्बिनी आउन लाग्नु भएका प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा हिँजो वक्तव्य समेत जारी गर्नुभएको थियो ।

मोदी बिहान साढे १० बजे भारतीय वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउने तयारी छ । उहाँले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नुहुनेछ । आजै दिउँसो दुवै देशका प्रधानमन्त्रीले २५६६ औँ बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । मोदीको भ्रमणलाई मध्यनजर गर्दै लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री मोदीको भ्रमण र सुरक्षा व्यवस्थापनका लागि भारतबाट ‘स्पेसल प्रोटेक्सन गार्ड’ (एसपीजी) एक हप्ता अघि नै आईसकेका छन् ।

मायादेवी मन्दिरमा पूजा र भारतीय बिहार शिलान्यासपछि प्रधानमन्त्री मोदीले लुम्बिनी नजिकै रहेको पाँचतारे होटल पवन प्यालेसमा गएर विश्राम गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीलाई दिवा भोज आयोजना गर्ने र त्यही होटलमै दुवै प्रधानमन्त्रीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षरको कार्यक्रम रहेको छ ।

Facebook Comments