Tue. Dec 24th, 2024

भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादीका अशोक राई र सीताराई विजयी

काठमाण्डौ, २०७९ जेठ १ गते आईतबार । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा क्रमशः नेकपा माओवादी केन्द्रका उम्मेदवार अशोक राई र सीताराई विजयी हुनुभएको छ ।

नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहपालिका भोजपुरको आमचोकमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्र विजयी भएको हो ।

गाउँपालिका अध्यक्षमा माओवादीका अशोक राईले ३ हजार ६ सय ८६ मत प्राप्त गरी दोश्रो पटक पनि विजयी हुनुभएको हो । उहाँका निकटत्तम प्रतिद्वन्दी कांग्रेस-एमाले गठबन्धनबाट उम्मेदवार हुनुभएका एमालेका वसन्त राईले ३ हजार २ सय ५८ मत पाउनु भएको छ ।

यसैगरी उपाध्यक्ष पदमा माओवादीकै सीता राई ३ हजार ५ सय ६१ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटत्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका छिरिङ शेर्पाले ३ हजार २ सय २४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाका १० वटा वडामध्ये ६ वटा वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने कांग्रेस-एमाले गठबन्धनबाट २ वटा वडामा कांग्रेस र २ वटा वडामा एमाले उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको वडा सदस्यसम्म काँग्रेस र एमालेले तालमेल गरेका थिए ।

वडा नं. १ मा कांग्रेसका निम्नुरी शेर्पा, २ मा कांग्रेसकै रामबहादुर खड्का, ३ र ४ मा क्रमश एमालेका गोपाल राई र नेत्र खत्री निर्वाचित हुनुभएको छ ।

यस्तै वडा नं. ५, ६, ७, ८, ९ र १० मा क्रमश माओवादीका रामप्रसाद राई, बमबहादुर बस्नेत, नविन राई, सन्तोष राई, रोशन मगर र बालदिप राई निर्वाचित हुनुभएको छ ।

वडाध्यक्ष

वडा नम्वर १
निम्नुरी शेर्पा (नेपाली कांग्रेस) ४१६ निर्बाचित
उमेश राई (माओवादी केन्द्र) १६२

वडा नम्वर २
रामबहादुर खडका (नेपाली कांग्रेस) ३५६ निर्बाचित
राजीनकुमार राई (माओवादी केन्द्र) ३४६

वडा नम्वर ३
गोपाल राई (नेकपा एमाले) ४६६ निर्बाचित
धन कुमार राई (माओवादी केन्द्र) ३५०

वडा नम्वर  ४
नेत्र खत्री (नेकपा एमाले) ३७९ निर्बाचित
विनोद किराँत (माओवादी केन्द्र) २७८

वडा नम्वर ५
रामप्रशाद राई (माओवादी केन्द्र) २८५ निर्बाचित
राराहाङ राई (नेकपा एमाले) २३६

वडा नम्वर ७
नविन राई (माओवादी केन्द्र) २८१ निर्बाचित
नवराज राई (नेपाली कांग्रेस) २४६

वडा नम्वर ८
सन्तोष राई (माओवादी केन्द्र) ३७५ निर्बाचित
सन्तोष मगर (नेकपा एमाले) ३२०

वडा नम्वर ९
रोशन मगर (माओवादी केन्द्र) ६३२ निर्बाचित
अशोक मगर (नेकपा एमाले) ३४१

वडा नम्वर १०
बालदिप राई (माओवादी केन्द्र) ५६५ निर्बाचित
ऋषिधन राई (नेकपा एमाले) २९०

Facebook Comments