Fri. Nov 1st, 2024

प्रधानमन्त्री देउवाको गृह वडामा कांग्रेसका उम्मेदवार पराजित

काठमाण्डौ, २०७९ बैशाख ३१ गते शनिबार । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएको वडामा नेपाली कांग्रेस पराजित भएको छ ।

देउवाको गृह वडामा कांग्रेसबाटै विद्रोह गरेर नेपाली कांग्रेस बीपीको तर्फबाट उम्मेदवार बन्नुभएका विजयी भण्डारीले जित हासिल गर्नुभएको हो । देउवाको गृह पालिका गन्यापधुरा–१ मा कांग्रेस बीपीले एमालेसँग तालमेल गरेको थियो । उक्त वडाबाट कांग्रेस बीपीबाट विजयी भण्डारीले ६ सय ७३ मत ल्याउनु भयो । उहाँका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवाले ५ सय ४४ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments