Sat. Sep 21st, 2024

कीर्तिमानी कामीरिताद्वारा २६ औं पटक सगरमाथाको सफल आरोहण

काठमाण्डौ, २०७९ बैशाख २५ गते आईतबार । कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्नु भएको छ । आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै कामीरिता शनिबार सगरमाथा शिखरमा पुग्नु भएको थियो ।

कामीरिताले सन् २०१८ मा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान स्थापित गर्नु भएको थियो । उहाँले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोड्नु भएको थियो ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

Facebook Comments