Sat. Sep 21st, 2024

प्रचण्ड भन्नुहुन्छ, “विकास र समृद्विका लागि गठबन्धन”

फाइल फोटो

काठमाण्डौ, २०७९ बैशाख २५ गते आईतबार । कपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्विका लागि पाँच दलीय गठबन्धन आवश्यकता अनुसार नै भएको बताउनुभएको छ। गठबन्धनको आयोजना तुलसीपुरमा भएको सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले प्रतिगनमलाई परास्त गर्नका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनु भएको हो।

 उहाँले शान्ति स्थापनादेखि अहिलेसम्म  नेपाली कांग्रेससँग मित्रवत सम्बन्ध कायमै रहेको भन्दै अब प्राप्त उपलब्धिको रक्षाका लागि समेत गठबन्धनकामार्फत्  अघि बढेको बताउनुभयो।

‘‘नेपाली कांग्रेस र माओवादीको सम्बन्धन अहिलेको होइन। शान्ति स्थापनादेखि नै हुँदै आएको छ’’, उहाँले भन्नुभयो, ‘‘यो सम्बन्ध अझै धेरै वर्ष हुनसक्छ। त्यसका लागि तपाईहरुले पनि निर्वाचनमा मतदान गरेर साथ दिनु आवश्यक छ।’

उहाँले उपमहानगरपालिकामा मात्रै नभई १९ वटै वडामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि कार्यकर्ता, मतदातालाई आग्रह गर्नुभयो। फरक प्रसङ्गमा उहाँले रेणु दाहाल आफ्नी छोरीलाई चितवनमा विजयी नबनाए देश दुर्घटनामा जाने भन्ने कुरा अतिरञ्जना गरिएको बताउनुभयो।

गठबन्धनले तुलसीपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले  गठबन्धन स्थानीयदेखि संघीय तहको निर्वाचनसम्म यथावत् नै रहने बताउनुभयो।  प्रतिगामी तत्वलाई परास्त गर्नका लागि गठबन्धन गरिएको बताउनुभयो। उहाँले नगरप्रमुखमा गेहेन्द्र गिरी र एकीकृत समाजवादीका जोगबहादुर राणालाई विजयी बनाउन अपील गर्नुभयो।

पाँच दलीय गठबन्धनले आइतबार घोराही र तुलसीपुरका दुई ठाउँमा चुनावी सभा आयोजना गरेको समाचार गोरखापत्र अनलाईनले लेखेको छ ।

Facebook Comments