Sun. Sep 22nd, 2024

सङ्घीय संसद्को अधिवेशन जेठ ३ गते

काठमाण्डौ, २०७९ बैशाख २५ गते आईतबार । सङ्घीय संसद्को आगामी अधिवेशन जेठ ३ गतेका लागि बोलाईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७९/१/२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलवार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै अधिवेशन आव्हान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

Facebook Comments