Fri. Sep 20th, 2024

धादिङको थाक्रेमा बस र कार ठाेक्किँदा ५ जनाकाे ज्यान गयाे

काठमाण्डौ, २०७९ बैशाख ११ गते आईतबार । धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । काठमाण्डाैबाट धादिङका लागि छुटेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाण्डाै जाँदै गरेको वाग्मती प्रदेश ०१-०२६-च २९६८ नम्बरको कारलाई  थाक्रे गाउँपालिका ७ जुँगेखोलामा ठक्कर दिँदा पाँच जनाको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा कारका चालक तनहुँ खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतीय नागरिक विमलचन्द्र अग्रवाल, ३५ वर्षीया साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल र ५५ वर्षीय राकेश अग्रवालको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएका सबै कारमा सवार थिए । दुर्घटनामा घाइते भएका उनीहरूकाे उपचारका क्रममा चालक डिलबहादुर र विमलचन्द्रको टिचिङ अस्पताल र अरूको ट्रमा सेन्टरमा ज्यान गएको हो ।

घाइते भएका धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार ट्रमा सेन्टर काठमाण्डाैमा उपचार चलिरहेको छ । उहाँ बसमा सवार हुनुहुन्थ्यो । दुर्घटनाको कारण खुलेको छैन । उज्यालो अनलाईन

Facebook Comments