Sat. May 18th, 2024

श्रीलङ्काली नागरिकलाई कुटीकुटी मारेको घटनामा छ जना पाकिस्तानीलाई मृत्यदण्डको फैसला

काठमाण्डौ, २०७९ बैशाख ६ गते मंगलबार । पाकिस्तानमा ईशनिन्दाको आरोपमा एक श्रीलङ्काली पुरुषलाई भिडले पिटेर मारेको घटनामा छ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

सियालकोटस्थित एउटा कारखानामा प्रबन्धकका रूपमा कार्यरत ४८ वर्षीय प्रियन्त दियावादानागेको गत डिसेम्बर महिनामा आक्रमणकारीहरूले कुटीकुटी हत्या गरेका थिए। त्यसपछि उनको शरीर आगोमा जलाइदिएका थिए।

उक्त घटनामा कुल ८८ जनालाई दोषी ठहर गरिएको छ। तीमध्ये नौ जनालाई आजीवन कारावास र अरूलाई दुईदेखि पाँच वर्षको सजाय सुनाइएको छ।

उक्त घटनाले पूरै पाकिस्तान स्तब्ध भएको थियो। तात्कालीन प्रधानमन्त्री इमरान खानले घटना भएको दिनलाई “लज्जाको दिन” भन्नुभएको थियो ।

सामाजिक सञ्जालमा प्रकाशित भिडिओमा क्रुद्ध मानिसहरूको भिडले दियावादानागेलाई उनको कार्यस्थलबाट घिसारेर लगेको अनि प्राण जाउन्जेल पिटेको देखिन्छ।

त्यसपछि भिडले उहाँको शवलाई जलाइदियो। केही मानिसले उनको शवसँग आफ्नो सेल्फी पनि खिचेको भिडिओमा देखिन्छ। मृतककी पत्नी निलुशी दिशानायकले आफूले आक्रमणको दृश्य इन्टरनेटमा देखेको र त्यो “अत्यन्त अमानवीय” भएको बताउनु भएको थियो । बीबीसी

Facebook Comments