Mon. Dec 23rd, 2024

ग्रामथान गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा जोगेन्द्र कुमार उराँवको नाममा सर्वसहमति

महेश भट्टराई/ मोरङ, २०७९ बैशाख ६ गते मंगलबार । नेकपा माओवादी केन्द्र मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर-२ को वडा अध्यक्ष पदको उम्मेदवारमा जोगेन्द्र कुमार उराँवको नाम सर्वसहमतिले पारित भएको छ । उराँवको नाम सोमबार बसेको बैठकले पारित गरेको हो ।

त्यस्तै गरि वडा सदस्यका लागि रन्जित सरदार , चन्द्रकला माझी थारू, सुसिला वि।क र जलसरिया देवी सरदारको नामलाई बैठकले सर्वसहमतिले पारित गरेको छ ।

सोमबार दुई नम्बर पार्टी कार्यालय झोराहाट बजारमा प्रदेश सदस्य एवम् मोरङ क्षेत्र नम्बर-४ का इन्चार्ज पप्पुलाल चौधरीको प्रमुख आतिथ्य, गाउँपालिकाका उपाध्यक्ष जोगेन्द्र उराँवको बिशिस्ट आतिथ्य र वडा नम्बर-२ का अध्यक्ष जोसेफ तिग्गाको अध्यक्षतामा बसेको बैठकले अन्तिम उम्मेदवारी सार्वजनिक गरेको हो ।

यो वडामा नेकपा माओवादी केन्द्रले ३ जना महिला सहित २ जना पुरूषको नाम अघि सार्दै महिलालाई ७५ प्रतिशत सिटको भागेदारी बनाएर अघि बढेको २ नम्बर वडा अध्यक्ष जोसेफ तिग्गाले बताउनु भयो ।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा यो वडामा अरू दललाई उम्मेदवार छनोट गर्न कठिन देखिदा माओवादी केन्द्रले भने अन्तिम उम्मेदवार समेत घोषणा गरेर वडामा पहिलो दल बनेको छ ।

Facebook Comments