Mon. Dec 23rd, 2024

सत्ता गठबन्धनमा निर्वाचनको झेजो, आजको बैठक निष्कर्ष विहीन

फाईल फोटो

काठमाण्डौं, २०७९ बैशाख ५ गते सोमबार । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा पालिका चुनावमा तालमेल गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकमा आज पनि कुनै निष्कर्ष आएन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आज सहमति जुट्न नसकेको तर छलफल सकारात्मक भइरहेकाले छिटै टुङ्गिने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भोलि मङ्गलवरा बिहान साढे ११ बजे फेरि बैठक बस्ने र त्यो बैठकले सहमति जुटाउने कार्कीको भनाइ छ ।

सत्तारुढ नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीच गरिएको दिनभरको प्रयास असफल भएको हो ।

महानगर र उपमहानगरपालिकामा केन्द्रबाट नै गठबन्धनको टुङ्गो लगाउने निर्णय गरेका सत्तारुढ पाँच वटा दललाई भागबन्डा मिलाउन सकस भएको छ ।

Facebook Comments