Mon. May 6th, 2024

६ महिनामा शनचौ-१३ बाट धेरै अन्तरिक्ष कार्य पूरा

काठमाण्डौं, २०७९ बैशाख ३ गते शनिबार । चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना कार्यालयबाट प्राप्त जानकारीअनुसार, शनचौ-१३ मानववाहक अन्तरिक्ष यात्रीहरूले ६ महिनामा शनचौ-१३ बाट धेरै अन्तरिक्ष कार्य पूरा गरेका छन्। अन्तरिक्ष यात्रीहरूले गत नोभेम्बर ७ र डिसेम्बर २६ तारिखमा दुईपटक स्पेस क्याप्सूलबाट निस्केर अन्तरिक्ष यात्रा पूरा गरेका छन्।

जनवरी ६ तारिखमा अन्तरिक्ष यात्रीहरूले अन्तरिक्ष स्टेसनमा सफलताका साथ स्पेस मेनिपुलेटरमार्फत् मालवाहक जहाजको स्थानान्तरण परीक्षण पूरा गरेका छन् यो चीनको पहिलोपटक थियो।

जनवरी ८ तारिख अन्तरिक्ष यात्री टोलीले म्यानुअल रिमोट सञ्चालनमार्फत् अन्तरिक्ष स्टेशनको कोर मोड्युलमा थ्यानचौ-२ मालवाहक जहाज र अन्तरिक्ष स्टेसनको जडान परीक्षण सफलतापूर्वक पूरा गरेको थियो।

गत डिसेम्बर ९ र मार्च २३ तारिख अन्तरिक्ष यात्रीहरूले अन्तरिक्ष स्टेसनमा दुई पटक चिनियाँ विद्यार्थीलाई कक्षा दिएका थिए। त्यसका साथै शनचौ १२को आधारमा शन चौ १३ले २०भन्दा बढी विज्ञानसम्बन्धित प्रयोग पूरा गरेको छ।

Facebook Comments