Sun. May 19th, 2024

सर्लाहीमा एमाले अध्यक्ष ओलीलाई १०१ किलोको माला

काठमाण्डौं, २०७९ बैशाख ३ गते शनिबार ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्लाहीमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।

सर्लाहीको मलङ्गवामा आयोजित विशाल जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएका अध्यक्ष ओलीलाई एमाले जिल्ला कमिटी सर्लाहीले एक सय एक केजीको माला लगाएर स्वागत गरेको हो ।

कार्यक्रममा एमालेका सचिव रघुबिर महासेठ, केन्द्रीय नेता प्रभु साह, सुमन प्याकुरेल, हरि उप्रेती लगायतका नेताहरु सहभागी हुनुहुन्छ । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित कभर्ड हल परिसरमा आयोजना गरिएको कार्यक्रममा हजारौं हजार जनसहभागिता रहेको देखिएको छ।

कार्यक्तममा नेकपा माओवादीका पोलिट ब्युरो सदस्य केसव ढुंगाना र राजपा पार्टीबाट निर्वाचित कबिलासी गाउँपालिकाका प्रमुख कौशल यादव एमाले प्रवेश गर्नुभएको छ । यस्तै, जनता समाजवादी, माओवादी लगायतका दल त्यागेर एमाले प्रवेश गर्नुभएको छ । नव प्रवेशीलाई एमाले अध्यक्ष ओलीले माला र खादा लगाएर स्वागत गर्नुभएको छ ।

जनता समाजवादी परित्याग गरेर एमालेमा प्रवेश गरेको मधेसवादी दल सताको लागि आन्दोलनको नाममा कार्यकर्तालाई सहिद बनाउने र आफ्नो स्वार्थ सिद्व बाहेक केही काम नगरेको कबिलासी नगरपालिका अध्यक्ष कौशल यादवले बताए। मधेसवादी पार्टी नै मधेस विरोधी रहेको उनको तर्क थियो। यो वेला डटकम

Facebook Comments