Fri. Sep 20th, 2024

छुट्टा छुट्टै दुर्घटनामा तीनजनाको मृत्यु

काठमाण्डौं, २०७९ बैशाख २ गते शुक्रबार । पछिल्लो चौविस घण्टामा भएका छुट्टा छुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरा-६, जुठापौवामा बस पल्टिँदा २ जनाको ज्यान गएको छ । जुठापौवाको पानीडाँडाबाट जुठातिर आउँदैगरेको लु १ ज ४९०२ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटना भएको जुठापौवा प्रहरी चौकीले जानकारी दिएको छ ।

बसमा सवारमध्ये २ जनाको ज्यान गएको छ ।  चार जना गम्भीर घाईते भएका छन् । उहाँहरुलाई उपचारका लागि मिसन अस्पताल तानसेनतर्फ पठाइएको प्रहरीले जनाएको छ । के कारणले बस दुर्घटना भएको भन्नेबारे अझै नखुलेको प्रहरीले जनाएको छ ।

जिल्लाको भोटेकोसी गाउँपालिका ३ दुगुना गढी भिरमा बिहान ८.३० बजे भारत दार्जिलिङ घर भई हाल भोटेकोसी-३ स्थित अर्जुन पौडेलको घरमा विगत १८ वर्षदेखि काम गरी बस्ने महिला बर्ष ३३ कि लक्की तामाङको मृत्यु भएको हो ।

घर भन्दा अन्दाजी ४ किलोमिटर दक्षिणपट्टि रहेको दुगुना गढी भिरबाट लडेको अवस्थामा तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments