Fri. May 17th, 2024

दुई मुक्तहहरू !

- भवानी न्यौपाने भावना

काठमाण्डौं, २०७९ बैशाख १ गते बिहीबार । 

✍️भवानी न्यौपाने भावना

अतीत भन्दा सुन्दर होस् हृदयको चाहना
र फलोस् फुलोस् नेपाली माटो यही छ भावना
देश रित्याए नेतृत्व लिने अगुवाहरूले
पछिल्लो पुस्ताले चलाऊ देश शुभकामना ।।१।।

नयाँ वर्ष आएकोले म धेरै रमाएकी छु
साहित्य भण्डार भर्न कलम समाएकीछु
यो जिन्दगी खुसी र उल्लासपूर्ण होस् सबैको
प्रफुल्लता र खुसी आफैभित्र थमाएकी छु।।२।।

Facebook Comments