Tue. Dec 24th, 2024

युक्रेन-रुस युद्ध: क्रेमलिनका प्रवक्ताद्वारा रुसी फौजतर्फ ठूलो ‘क्षति’ भएको स्वीकार

काठमाण्डौं, २०७८ चैत २६ गते शनिबार । युक्रेनमाथि आक्रमण गरेको ४४ औँ दिन पुग्दा युद्धमा ठूलो क्षति बेहोरेको रुसले स्वीकार गरेको छ। राष्ट्रपतिका प्रवक्ता दीमित्री पेस्कोभले ब्रिटिश टेलिभिजन च्यानल स्काइ न्यूजलाई रुसी सेनाको क्षति हाम्रालागि ठूलो दुस्खान्त हो भन्नु भएको छ । उहाँले मस्कोले उसको युद्धको लक्ष्य आउँदा दिनमा प्राप्त गर्नेछ भन्ने आशा राखेको बताउनु भयो।

संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्‌बाट बुधवार रुसलाई निष्कासन गरेपछि पेस्कोभको त्यस्तो प्रतिक्रिया आएको छ। संयुक्त राष्ट्र सङ्घका १९३ मध्ये ९३ देशले रुसको विरुद्धमा मतदान गरेका थिए।

उनीहरूले रुसले आफ्नो नियन्त्रणमा रहँदा बुचा शहरमा गरेको आम मानव अधिकार उल्लङ्घनको आलोचना गरेका थिए। त्यसको प्रतिक्रियामा रुसले परिषद्‌बाट राजीनामा दिएको छ। परिषद्ले युक्रेनमा जारी मानव अधिकार तथा मानवीय सङ्कटप्रति गहिरो चासो व्यक्त गरेको छ। र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले बोरोदीयङ्कामा थप अत्याचार गरेको बताउनु भएको छ ।

पेस्कोभले बुचामा भएको आम हत्यामा रुसी सेना जिम्मेवार रहेको आरोप अस्वीकार गर्दै स्काइ न्यूजलाई “हामी झुटा र असत्य समाचार भोगिरहेका छौं भन्नुभयो । उहाँले कुनै आधारबिना नै उक्त शहरमा मारिएका भनिएका व्यक्तिका तस्बिरहरू नक्कली भएको बताउनु भयो। बीबीसी

Facebook Comments