Sun. May 19th, 2024

अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त

काठमाण्डौं, २०७८ चैत २४ गते बिहीबार । अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आज गोविन्दप्रसाद शर्मा (कोइराला)लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गर्नुभएको हो ।

कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका दिलेन्द्र प्रसाद बडूलाई हाल प्रधानमन्त्री देउवाले सम्हाल्दै आउनुभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिईएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनु्भएको छ ।

 

Facebook Comments