Sat. May 18th, 2024

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, द्विपक्षीय हित र साझा चासोका विषयमा छलफल

काठमाण्डौं, २०७८ चैत १९ गते शनिबार । भारतको तीन दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा दुवै नेताहरुबीच नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्ष एवम् द्विपक्षीय हित र साझा चासोका विविध विषयमा छलफल भएको थियो । उक्त भेटमा उहाँहरुले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउने विषयमा पनि छलफल गर्नुभएको थियो ।

दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा आपसी हित र साझा चासोका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे विचार विमर्श गर्नुभएको थियो ।

रेडियो नेपालका अनुसार नेपाल र भारतबीचको शताब्दी औँ पुरानो मैत्री र सहयोगको विशेष सम्बन्धलाई थप प्रगाढ एवं सुमधुर बनाउने नवीकृत अवसरका रुपमा दुई देशका प्रधानमन्त्रीको यो भेटवार्तालाई लिइएको छ । बहुपक्षीय सहयोग र साझेदारी प्रवर्द्धनका निम्ति भेटवार्ता फलदायी रहेको बताइएको छ ।

Facebook Comments