Mon. Dec 23rd, 2024

करणको कीर्तिमानी ह्याट्रिक, नेपाल फाइनलमा

काठमाण्डौं, २०७८ चैत १७ गते बिहीबार । करण केसीको कीर्तिमानी ह्याट्रिक पुरागर्दै पाँच विकेट लिएपछि त्रिकोणत्म टि-२० आई सिरिजमा एक खेल अघिनै नेपाल फाइनलमा पुगेको छ । करण नेपालबाट टि-२० आईमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्नु भएको छ । त्यस्तै करण टि-२० आईमा पाँच विकेट लिने पहिलो खेलाडी समेत बन्नु भएको छ ।

करणले २० औं ओभरको दोस्रो बलमा चाद सोपारलाई क्याच गराउदाँ तेस्रो बलमा शिमोन आतीलाई बोल्ड गर्नु भयो । चौथो बलमा नैसान पोकनालाई क्याच गराउँदै नेपालबाट पाँच विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्नु भयो ।

२ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट भयो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले ४७ बलमा ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान दिनु भयो ।

करणले पहिलो ओभरको चौथो बलमा लेगा सियाकालाई १ रनमा आउट गराउदै टि-२० आईमा आफ्नो ५० औं विकेट पूरा गर्नु भएको थियो । पीएनजीले दोस्रो विकेट गुमानउदाँ टिमको स्कोर १३ रन थियो । करणले नै दोस्रो विकेटको रुपमा असाद भालालाई मैदान बाहिर पठाएका थिए । तेस्रो विकेटका लागि अमिनी र टोनी उराले ८४ रनको साझेदारी गर्नु भयो । उरा ४३ रनमा आउट हुदाँ सेसे बाउ २५ रन र नोर्मन भानुआ लङअफमा १७ रन जोड्नु भयो ।

नेपालको बलिङमा करण केसीले सर्वाधिक ५ विकेट लिनु भयो । अभिनाश बोहरा र सोमपाल कामीले २-२ तथा सन्दीपले १ विकेट लिनु भयो ।
यस अघि दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीको आक्रमक ब्याटिङमा नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजमा पपुवा न्युगिनीसामू २ सय ३ रन जोडेको थियो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनको आक्रमक अर्धशतकिय ईनीङस् खेल्नु भयो । यो दिपेन्द्रको टि-२० आईमा चौथो अर्धशतक हो । यस्तै यसै खेलबाट डेब्यू गर्नु भएका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको विष्फोटक इनिङ खेल्नु भयो ।

चौथो विकेटका लागि दीपेन्द्र र आदिलले ७६ रनको साझेदारी गर्नु भयो । रोहित पौडेल २३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट हुनु भयो । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिनु भयो । कुुशल १७ रनमा क्याच आउट हुदाँ आसिफले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाउनु भयो ।

पपुवा न्युगिनीका राइली हेकुरेले ३ विकेट लिनु भयो ।

नेपालले अव शनिबार मलेसियासँग खेल्नेछ । नेपाल फाईनल पुगिसकेको छ भने मलेसिया र पिएनजी मध्य एक टोली फाईनल प्रवेश गर्ने छ ।

Facebook Comments