तेस्रो अफ्गानिस्तान छिमेकी मुलुक परराष्ट्र मन्त्री स्तरीय बैठक सुरु
काठमाण्डौं, २०७८ चैत १७ गते बिहीबार । तेस्रो अफ्गानिस्तान छिमेकी मुलुक परराष्ट्र मन्त्री स्तरीय बैठक आज ३१ तारिख चीनको आन व्ही प्रान्तको टुन सीमा आयोजना भएको छ। चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले यस बैठकको अध्यक्षता गर्नुभएको छ।
पाकिस्तान, इरान, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान गरी छ मुलुकका परराष्ट्र मन्त्री वा प्रतिनिधिहरुले यस बैठकमा भाग लिँदै अफ्गानिस्तानको हालको परिस्थितिबाट स्थिर दिशा प्रवर्द्धन गर्न तथा अफ्गानिस्तानका जनतालाई सहायता दिन लगायतका विषयहरुमा वैचारिक आदानप्रदान गरेका छन्।
बैठकपछि चिनियाँ परराष्ट्र मन्त्री वाङले “अफ्गानिस्तान छिमेकी मुलुक जोड अफ्गानिस्तान” परराष्ट्र मन्त्री स्तरीय वार्ताको अध्यक्षता गर्नुहुने कार्यक्रम रहेको छ।
Facebook Comments