Mon. Dec 23rd, 2024

रूस र युक्रेनबीचको वार्तालाई विभिन्न पक्षद्वारा समर्थन दिनुपर्ने चीनको परराष्ट्र मन्त्रालयको भनाई

काठमाण्डौं, २०७८ चैत १६ गते बुधबार । चीन परराष्ट्र  मन्त्रालयका प्रवक्ता वाङ वन पिनले मार्च २९ तारिख आयोजित पत्रकार सम्मेलनमा बोल्दै हालको परिस्थितिमा विभिन्न पक्षहरूले शान्तिपूर्ण नतिजाका लागि रूस र युक्रेनबीचको वार्तालाई सक्रियरूपमा समर्थन दिनुपर्ने कुरा जोड दिनुभएको छ।

प्रवक्ता वाङले संकटको समाधान गर्ने सबभन्दा व्यवहारिक उपाय वार्ता हो भन्नुहुँदै युरोप तथा विश्वको शान्ति र स्थिरता कायम राख्न  संयुक्त रुपमा प्रशस्त सहकार्य र दिगो सुरक्षा हुनुपर्ने अडान चीनले सधैं नै लिइरेको कुरा बताउनु भएको छ। लडाईंलाई विस्तार गर्ने र पारस्परिक सजायलाई कडा बनाउने हो भने समस्या जटिल हुने साथै समाधान निकाल्न विश्वले धेरै भन्दा धेरै लागत लगाउनुपर्नेमा पनि उहाँले सचेत गराउनु भयो ।

Facebook Comments