Thu. May 2nd, 2024

प्रगतिशील तथा पेशागत कानून व्यवसायी समुहद्वारा चुनावी अवधारणा पत्र सार्वजनिक

- नेपाल बार निर्वाचन, २०७८

काठमाण्डौं, २०७८ चैत १५ गते मंगलबार । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको निर्वाचन नजिकिएसँगै प्रगतिशील तथा पेशागत कानून व्यवसायी समुह (PPLA) ले चुनावी अवधारणा पत्र सार्वजनिक गरेको छ ।

काठमाण्डौंको अनामनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर सो समूहले चुनावी अवधारणापत्र सार्वजनिक गरेको हो । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न बार एशोसिएशनका पदाधिकारी, बारका सदस्य तथा कानून क्षेत्रसँग सम्बद्ध महानुभावहरुसँग अन्तरक्रिया तथा भेटघाट सम्पन्न गरेर काठमाण्डौं फर्किए लगत्तै सो समूहले चुनावी अवधारणपत्र सार्वजनिक गरेको हो ।

चुनावी अवधारणा पत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्नुहुँदे अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले चुनावी अभियानबाट आफूहरू उत्साही रहेको बताउनु भयो । साथै अधिकारीले सत्ता गठबन्धनकारी समूहसँग एजेण्डा नरहेको बताउनु भयो ।

अधिकारीले न्यायपालिकालाई विकृति, विसङ्गति र भ्रष्टाचारमुक्त बनाउन आफूहरूले बारमा पुगेर भूमिका निर्वाह गर्ने बताउनु प्रतिवद्धता व्यक्त गर्नुभयो । अधिकारीले आफ्नो समूह व्यवसायिक र प्रगतिशील सोच राख्ने पेशागत कानून व्यवसायीको प्रतिनिधित्व गर्ने र राजनीतिक स्वार्थ भन्दा टाढा रहेको दाबी गर्नुभयो। उहाँले कसैलाई पनि हीनताबोध गर्न नपर्ने गरी व्यवसायमा लाग्न संस्थागत व्यवस्थाको पक्षमा आफ्नो समूह क्रियाशील हुने समेत जानकारी दिनुभयो ।

उक्त समूहबाट महासचिव पदका उम्मदवार अधिवक्ता केदार प्रसाद कोइरालाले गठबन्धनभन्दा आफूहरू अगाडि रहको दाबी गर्नुभयो । सो समूहको तर्फबाट प्रचार प्रसार समितिका प्रमुख अधिवक्ता राधिका खतिवडाले बारको चुनावमा पीपीएलएले अघि सारेका उम्मेदवार पेशागत र व्यवसायिक रुपमा उत्कृष्ट रहेको दावी गर्नुभयो ।

पिपिएलएका अध्यक्ष अधिवक्ता भोजराज आचार्यले आफ्नो समूहको उम्मेदवारी बारमा राजनीति हावी गर्ने कि नगर्ने? सत्ता चलाए जसैगरी बार चलाउने कि नचलाउने ? भन्नेमा विशेषत केन्द्रित रहेको बताउनु भयो । साथै उहाँले आफ्नो समूह स्वतन्त्र न्यायपालिका, निष्पक्ष र भ्रष्टाचार एवम् सेटिङरहित न्यायलयको पक्षमा रहेको बताउनु भयो । आफ्नो समूहका उम्मेदावारहरु कानूनका विविध विषयका ज्ञाता एवम् विज्ञताले भरिएका हुनाले पनि निर्वाचनमा आफ्नो समूहले विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पिपिएलएका अध्यक्ष अधिवक्ता भोजराज आचार्यले आफ्नो समूहको उम्मेदवारी बारमा राजनीति हावी गर्ने कि नगर्ने? सत्ता चलाए जसैगरी बार चलाउने कि नचलाउने ? भन्नेमा विशेषत केन्द्रित रहेको बताउनु भयो । साथै उहाँले आफ्नो समूह स्वतन्त्र न्यायपालिका, निष्पक्ष र भ्रष्टाचार एवम् सेटिङरहित न्यायलयको पक्षमा रहेको बताउनु भयो । आफ्नो समूहका उम्मेदावारहरु कानूनका विविध विषयका ज्ञाता एवम् विज्ञताले भरिएका हुनाले पनि निर्वाचनमा आफ्नो समूहले विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पिपिएलए समूहका निर्वाचन परिचालन मूल समितिका संयोजक वरिष्ठ अधिवक्ता महेश नेपालले आफ्नो समूहको मुटु भनेको नै भ्रष्टाचारमुक्त, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय रहेको बताउनु भयो । नेपालले मर्यादित, व्यावसायिक र प्रतिष्ठित बारको पक्षमा आफ्नो समूह क्रियाशिल रहेको पनि स्पष्ट पार्नुभयो । पत्रकारहरुले सोधेको एक प्रश्नको जवाफ दिनुहुँदै वरिष्ठ अधिवक्ता नेपालले न्यायालयमा कानून अनुरुपका कार्यहरु हुनुपर्नेमा जोडदिनुभयो । साथै उहाँले आफ्नो समूह परमादेशभन्दा जनादेशको हिमायती रहेको हुनाले जनादेशबाट नै सार्वभौम जनताले राज्यशक्तिको प्रयोग गर्नुपर्छ भन्ने कुरोमा आफ्नो समूहले विश्वास गर्ने पनि बताउनु भयो ।

नेपाल बारको यहि चैत १९ गते सम्पन्न हुने निर्वाचनमा दशभरी ९ हजार ६ सय ७ जना मतदाता रहेका छन् । जसमध्ये काठमाण्डौं उपत्यका भित्र ५ हजार ८ सय जना रहेका छन् भने उपत्यका बाहिर ३ हजार ८ सय ७ जना रहेका छन् ।

प्रगतिशील तथा पेशागत कानून व्यवसायी सगठन (पिपिएलए) का उम्मेदवारहरु

अध्यक्षः बरिष्ट अधिवक्ता बिष्णुमणि अधिकारी
प्रदेश १ उपाध्यक्ष : अधिवक्ता रोहित डाङ्गि
मधेश प्रदेश उपाध्यक्ष : अ.केशव दास
बाग्मती प्रदेश उपाध्यक्ष अ. डिल्लीराम मैनाली
गण्डगी प्रदेश उपाध्यक्ष अ. भुपेन्द्र खनाल
लुम्बिनी प्रदेश उपाध्यक्ष अ. बासुदेब ज्ञवाली
कर्णाली प्रदेश उपाध्यक्ष अ.बिष्णु प्रसाद तिमिल्सिना
सुदुर पश्चिम प्रदेश उपाध्यक्ष : अ.चन्ख बहादुर सावद ( सिबी)
महिला उपाध्यक्ष :अ. रमा श्रेष्ठ
महासचिव :अ. केदार प्रसाद कोइराला
कोषाध्यक्ष : अ.जगत बहादुर कार्की
सदस्य : दलित: कुन्जनि परियार ‘प्यासी’
मधेसी/ मुस्लिम :
१.उपत्यका बाहिर:

१. अ. नरसिंह चौधरी

१. उपत्यका भित्र खुला:

१. अ.सुवासचन्द्र झा
१. आदिवासी जनजाती :
१.खुला १: अ.दिलकुमारी राई
१. उपत्यका बाहिर:

१. अ.शशी कुमारी श्रेष्ठ
महिला सदस्य
१. उपत्यका बाहीर :

१. अ. इन्दिरा आचार्य
१. महिला / खुला :

१. अ. मनिका खड्का
खुला ६ जना

१.अ.कुबेर घिमिरे
२.अ.तारा कुमार श्रेष्ठ
३.अ.युवक कुमार गौतम
४. अ.अर्जुन खड्का
५. अ.अनिल श्रेष्ठ
६. अ.हरि पङ्गेनी

(उपत्यका बाहिर)

१. अ. गणेश वली

PPLA का चुनावी एजेन्डाहरु

Facebook Comments