Wed. May 1st, 2024

राष्ट्रपति भण्डारीद्वारा तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

काठमाण्डौं, २०७८ चैत १५ गते मंगलबार । तिलप्रसाद श्रेष्ठ  सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश रहनुभएका श्रेष्ठलाई न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश मा सिफारिस गरेको थियो र आजै मात्र संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।

Facebook Comments