Tue. Dec 24th, 2024

युक्रेनले रुससँगको शान्तिवार्तामा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्ने कुरामा जोड दिने

काठमाण्डौं, २०७८ चैत १५ गते मंगलबार । युक्रेनले रुससँगको शान्तिवार्ताको अर्को चरणमा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्ने कुरामा जोड दिने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनु भएको छ ।

युक्रेनले रुससँगको शान्तिवार्ताको अर्को चरणमा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्ने कुरामा जोड दिने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनु भएको छ । राष्ट्रपति जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको पनि बताउनु भएको छ ।

तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उहाँले बताउनु भयो । जेलेन्स्कीको भनाइ स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको हो।

पूरा समय रुसी भाषामा बोल्नु भएका उहाँले रुसी हमलाले युक्रेनको रुसी भाषा बोलिने शहरहरू ध्वस्त पारेको बताउनु भएको थियो । युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुँदैछ। युक्रेनमा रुसी भाषाको प्रयोगबारे शान्तिवार्तामा कुरा भएको जेलेन्स्कीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ।

तर निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी माग भने युक्रेनले अस्वीकार गरेको उहाँले बताउनु भयो । जेलेन्स्कीले भने सुरक्षाको प्रभावकारी सुनिश्चितता अनिवार्य विषय रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, “अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ।” आंशिक रूपमा रुस पक्षधर पृथकतावादीहरूले नियन्त्रण गरिराखेको डोनबास क्षेत्रमा समेत आफूले सम्झौता गर्न सक्ने उहाँले जनाउनु भएको छ ।

९० मिनेट लामो भिडिओ अन्तर्वार्तामा जेलेन्स्कीले भन्नुभयो, “मलाई थाहा छ रुसलाई युक्रेनी भूभागबाट पूरै बाहिर निकाल्न असम्भव छ। त्यसले तेस्रो विश्वयुद्धतिर डोर्‍याउँछ। मैले यही बुझेरै सम्झौताको कुरा गरिरहेको छु।” बीबीसी

Facebook Comments