Sun. May 19th, 2024

चाईना इस्टर्नको विमान दुर्घटना भएको स्थलमा श्रद्धान्जली कार्यक्रमको आयोजना

काठमाण्डौं, २०७८ चैत १४ गते सोमबार । चाइना इस्टर्न एयरलाइन्सको एमयु ५७३५ विमान दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको छ । मार्च २१ तारिखमा दुर्घटना भएको सो विमानमा सवार सवैको ज्यान गएको थियो । विमान दुर्घटना भएको स्थलमा मार्च २७ तारिखका दिन श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छि । चीनको राज्य परिषदका सदस्य वाङ युङले उक्त श्रद्धान्जली कार्यक्रममा भाग लिनुभएको छ।

सोही दिन दिउँसो २ बजे श्रद्धान्जली कार्यक्रम शुरु भएको हो। उक्त दुर्घटनासम्बन्धी राष्ट्रिय आपत्कालीन समाधान निर्देशन विभागका सबै कर्मचारी, उद्धार र खोजीमा सहभागी व्यक्तिहरूले तीन मिनेटसम्म मौनधारण गरेका छन्।

हालसम्म निर्देशन विभागले खोजी कार्य गरिरहेको छ र दुर्घटनाको छानबिन कार्य पनि सुरु भइसकेको छ। ३० हजार फिट भन्दा माथिबाट एक्कासी जमिनमा वजारिएको सो विमान जमिनमा खसेलगत्तै डरलाग्दो आगो लागेको थियो । जसका कारण सवै १ सय ३२ जना यात्रुको ज्यान गएको थियो ।

चाइना इस्टर्न एयरलाइन्सको यात्रुवाहक बोइङ ७३७ विमान चीनको खुनमिङबाट क्वान्चौंको उडानमा रहँदा चिनियाँ समय अनुसार सोमबार (मार्च  २१ तारिख) दिउसो २:३८ बजे क्वाङशी च्वाङ स्वायत्त क्षेत्रको पहाडी भागमा दूर्घटनाग्रस्त भएको थियो । सो विमानमा चालक दलका ९ जना समेत कुल १ सय ३२ जना यात्रुहरु सवार थिए ।

Facebook Comments