Mon. Dec 23rd, 2024

क्लिन स्विप पछाडीको कारक

काठमाण्डौं, २०७८ चैत १३ गते आईतबार । आफ्नो क्रिकेट इतिहासमा नेपालले पहिलो पटक द्विपक्षीय एकदिवसीय सीरीजमा क्लिनस्विप हार बेहोरेको छ । पाहुना टोली पपुवा न्यु गिनीले नेपालविरुद्धको एकदिवसीय शृंखला २-० ले जित्दै क्लिन स्विप गरेको हो ।

नेपाल पहिलो खेलमा पपुवा न्युगिनीसँग ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भयो । यसअघि नेपालले तीन द्विपक्षीय सीरीज खेलेपनि क्लिनस्विप र सीरीज गुमाउनु परेको थिएन । नेपालले २०१८ अगस्टमा नेदरल्यान्ड्ससँग पहिलो पटक ऐतिहासिक एकदिवसीय सीरीज खेलेको थियो । सो सीरीजको पहिलो खेल ५५ रनले गुमाएको नेपालले दोस्रो खेलमा १ रन रोमाञ्चक जित निकाल्दै सीरीज १-१ को बराबरीमा सकेको थियो । त्यपछी युएईसंगको द्विपक्षीय सीरीज नेपालले २-१ र पपुवा न्युगिनीसँगैको सीरीज २-० ले जितेको थियो ।

नेपालले हाल आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिज पनि खेल्दै आएको छ । यस सीरीज अन्तर्गत कुल ३ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल हालसम्म जित बिहीन बन्नु परेको छैन ।

तर आफ्नै घरेलु मैदानमा भने नेपाल इतिहासको पहिलो क्लिन स्विप बेहोरेको छ । नेपालले दुबै खेलमा ब्याटिङमा सानदार प्रदर्शन गरेपनि बलिङ नचल्दा पराजित भएको हो । नेपालले पहिलो खेलमा २ सय ९३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो । रोहित पौडेलले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको शतकीय इनिङ खेल्नु भयो । तर अन्तिममा फिनिसिङमा चुक्दा नेपाल ६ रनको झिनो अन्तरले पराजित भयो । दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले १ सय ४० बलमा ७ चौकासहित १ सय ५ रनको शतकीय इनिङ खेल्नु भयो । यसै सीरीजमा डेब्यू गर्नु भएका देव खनालले ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनको इनिङ खेल्नु भयो । उक्त लक्ष्य पपुवा न्युगिनीले ७ विकेट गुमाउँदै ४८.४ ओभरमा पूरा गर्यो ।

नेपाल द्विपक्षीय एकदिवसीय सीरीजमा पहिलो पटक क्लिन स्विप हुदाँ टोलीमा यूवा खेलाडीहरु मात्र सामेल थिए । यस टिममा पूर्व कप्तान द्वोय पारस खड्का र ज्ञानेन्द्र मल्लको पुस्ताका कुनै पनि खेलाडी टिममा सामेल थिएनन् । तथापी यसलाई पराजयको कारण मान्न सकिदैन ।

नेपालको पराजयको मुख्य कारण खराव बलिङ हो । दुबै खेलमा नेपालले एकदिवसीय अन्तराष्ट्रियमा बनाएको सर्वाधिक ठूलो योगफल तयार पार्यो । तथापी कुनै खेलमा जितको स्वाद चाख्न पाएन ।

पहिलो खेलमा नेपालले ७ बलरहरुको प्रयोग गरेको थियो जसमा कप्तान सन्दीप र दिपेन्द्रले मात्र पुरै १० ओभर बलिङ गर्नु भएको थियो । नेपालले प्रयोग गरेका ७ बलर मध्य ३ बलरले मात्र ६ भन्दा कमको ईकोनोमीमा बलिङ गरे ।

ओमान भ्रमणमा सानदार लयमा देखिनु भएका फास्ट बलर सोमपाल कामीले पहिलो खेलमा सो लयलाई कायम राख्न सक्नु भएन । पहिलो खेलमा ९ ओभर बलिङ गर्नु भएका सोमपालले ९ ओभरमा ९ को ईकोनोमीले ८१ रन खर्च गर्नु भयो । उहाँ नाममा २ वीकेट रह्यो । यस्तै कलमसिंह ऐरी र सन्दीपको पनी बलिङ प्रदर्शन म्याच जिताउने खेलको हुन सकेन । समान ९–९ ओभर बलिङ गर्नु भएका दुबैले क्रमस ५६ र ६२ रन खर्च गर्नु भयो ।

कप्तान सन्दीपले निरन्तर बलिङमा परिवर्तन गरिरहदाँ र टिमका मुख्य बलरहरुलाई विश्वास नगर्दा टिमले क्लिन स्विप बेहोर्नु पर्यो । उसोत नेपालले बलरहरुको नाममा टिमा अलराउन्डहरुलाई सामेल गरेको थियो जसले प्रत्यक्षरुपमा खेलको नतिजामा प्रभाव पार्यो । पहिलो एकदीवसीयमा नेपालका लागी सन्दीप, सोमपाल र कमल मात्र पूर्णकालिन बलर थिए । बाकीँ अलराउन्डरहरु थिए । ५० ओभरको खेलमा २८ ओभर मुख्य बलरले बलिङ गर्दा २२ ओभर अलराउन्डरहरुहरुले बलिङ गर्नु पर्यो ।

यस्तै दोस्रो खेलमा पनि नेपालले पहिलो खेलको पराजबाट पाठ सिक्न सकेन र यस्तै टिम कम्पोजिसन सहित मैदान उत्रियो फरक यतिमात्र थियो कमलको ठाउँमा अर्का फास्ट बलर गुलसन झालाई टिममा सामेल गरियो । गुलसनले मात्र १ ओभर बलिङ गर्नु भयो । पहिलो ओभरमा २० रन खानु भएका गुलसन चोटका कारण खेल्न नसक्ने हुनु भयो । उनको चोटले नेपालको बलिङ आक्रमणमा गम्भिर असर गर्यो टोलीमा ३ जना मात्र मूख्य बलर बाकीँ अलराउन्डर त्यसमा पनि एक जना मुख्य बलर खेल्नै नसक्ने गरि घाईते हुदाँ नेपालको बलिङ अट्याक धर्मराउन पुग्यो । यस खेलमा सन्दीपले ८ बलर प्रयोग गर्नु भयो । जसमा ४ रनाले मात्र ६ भन्दा कमको ईकोनोमीमा बलिङ गर्नु भयो । उसो त दुबै खेलमा पीएनजीलाई कुनै बला ६ रन प्रती ओभरको रनमा रन प्रहार गर्नु पर्ने आवस्यकतानै थिएन । तर यसमा पनि नेपाली बलरहरु महोङ्गो सावित हुदै गए ।

नेपाल पराजय हुनुमा कमजोर बलिङसंगै बलरहरुको प्रयोग पनि प्रमुख कारक बन्न पुग्यो । दोस्रो खेलमा लक्ष्य पक्ष्याउन मैदान उत्रिएको पीएनजीविरुद्ध कप्तान सन्दीप ओपनिङ बलिङ गर्न आउनु भयो । जुन नेपालका लागि पहिलो रणनीतिक गल्ती सावित हुन पुग्यो । ब्याटिङका लागि निकै अनकुल रहेको पिचमा फास्ट बलरबाट आक्रमण गर्नु पर्नेमा सन्दीप आफै बलिङमा उत्रनु भयो । पहिलो ओभरमानै २ चौका सहित ९ रन बटुलेको पीनजीले त्यसपछि कुनै बेला पनि आवस्यक रन रेटलाई बेकाबु हुन दिएनन् । पीनजीले लगातार रन प्रहार गरिरहदाँ रनरेट नियन्त्रण गर्न नेपालसंग विकल्प पनि थिएन ।
दोस्रो खेलमा सोमपालको बलिङमात्र सम्झन लायक रहयो । उहाँले पीनजीका ३ जना खेलाडीलाई मैदान बाहिर पठाउनु भयो । आफ्नो पहिलो ओभरको दोस्रो र तेस्रो बलमा २ विकेट लिएर नेपालको बिग्रियको सुरुवातलाई सानदार सुरुवातमा परिणत गरेका सोमपाललाई अन्य खेलाडीहरुबाट प्रयाप्त सहयोग हुन सकेन । यस्तै ब्याटिङ मा नेपालको अपनिङ साझेदारी नहुनु पनि हारको कारण हो । पहिलो खेलमा अनिल र कुशलले ओपनरको रुपका ३६ रनको साझेदारी गरेपनि दोस्रो खेलमा कुशल ईनिङको पहिलो बलमै आउट हुनु भएको थियो ।

मूलतः नेपाल क्लिनस्विप हुनु पछाडी बलरहरुको प्रदर्शन ओपनरहरुको लय, मुख्य प्लान र सो प्लानले काम नगरे पुरक प्लानहरु नहुनु,पीएनजीका खेलाडीहरुको साझेदारी भङ्ग गर्न नसक्नु,  रणनीतिक त्रुटीहरु हुनु र खेलाडीहरु बिचको तालमेललाई कारक मान्न सकिन्छ । रे न्यूज डेली

Facebook Comments