Tue. Dec 24th, 2024

चीनका विदेशमन्त्री वाङ यी र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाण्डौं, २०७८ चैत १३ गते आईतबार । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

चीनका स्टेट काउन्सिलरसमेत रहनु भएका विदेशमन्त्री वाङलाई अध्यक्ष दाहालसहितको टोलीले नक्सालस्थित मेरियट होटलमा भेटेको हो। भेटवार्तामा अध्यक्ष प्रचण्डले बीआरआईका परियोजनाहरु कार्यन्वयमा पहल लिन आग्रह गर्नुभएको थियो । छलफलपत्पछि त्रकारहरुसँग कुरा गर्दै माओवादी नेता शक्ति बहादुर बस्नेतले चिनियाँ विदेशमन्त्रीले नेपालको दीर्घकालीन हितका लागि गर्ने निर्णयमा चीनको सम्मान रहने बताउनु भएको थियो ।

भेटवार्तामा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायतको उपस्थिती रहेको थियो । यसअघि विदेशमन्त्री वाङ यी ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको थियो ।

नेपालको तीनदिने भ्रमणमा रहनुभएका विदेशमन्त्री वाङले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नुभएको थियो ।

Facebook Comments