Thu. Dec 26th, 2024

चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता

काठमाण्डौं, २०७८ चैत १३ गते आईतबार । नेपालको तीनदिने भ्रमणमा रहनु भएका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

शुक्रबार अपरान्ह काठमाडौं आउनु भएका वाङ यीले केही बेरअघि शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हित लगायतका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विदेशमन्त्री वाङ यी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Facebook Comments