Mon. May 20th, 2024

चाईना ईस्टर्नको विमान दूर्घटना हुनअघि नै बोईङ ७३७-८०० का २२ वटा दूर्घटना, जसमध्ये १० वटा अति घातक

- बोईङ ७३७ माथि प्रश्न

काठमाण्डौं, २०७८ चैत ८ गते मंगलबार ।  चीनको दक्षिणी सहर खुनमिङबाट क्वाङचौंको लागि उडेको चाईना ईस्टर्नको विमान बोईङ ७३७ क्वाङशीमा सोमबार दिउसो दूर्घटना हुनुअघि नै बोईङ ७३७-८०० का २२ वटा दूर्घटना भैसकेको तथ्य फेला परेको छ । ती २२ वटा दूर्घटनामध्ये पनि १० वटा अति घातक रहेको बताईएको छ ।

एभिएसन सेफ्टी नेटवर्क (ASN) का अनुसार चीनको क्वाङशीमा सोमबार विमान दुर्घटना हुनुअघि बोइङ ७३७-८०० मोडलका २२ वटा विमान दूर्घटना मा परिसकेका छन् ।

ती घटनाहरु मध्ये दशवटा अति घातक थिए, ASN डाटाबेस अनुसार, रेकर्डमा पहिलो घातक दूर्घटना सन् २००६ मा ब्राजिलमा भएको थियो । जसमा १८ दिनमात्र पुरानो ७३७-८०० विमान मध्य आकाशमा दूर्घटना भएको थियो । सो दूर्घटनामा १ सय ५४ जना मानिसहरुको ज्यान गएको थियो ।

सबैभन्दा पहिल्लो घटना सन् २०२० को अगस्त महिनामा भारतमा भएको थियो । भारतको कोझिकोड-कालिकट एयरपोर्टमा एयर इन्डिया एक्सप्रेसको उडानमा रहेको विमान रनवेबाट चिप्लदा २१ जनाको ज्यान गएको थियो ।

चाइना इस्टर्न एयरलाइन्सको यात्रुवाहक बोइङ ७३७ विमान चीनको खुनमिङबाट क्वान्चौंको उडानमा रहँदा चिनियाँ समय अनुसार सोमबार दिउसो २:३८ बजे क्वाङशी च्वाङ स्वायत्त क्षेत्रको पहाडी भागमा दूर्घटनाग्रस्त भएको थियो । सो विमानमा चालक दलका ९ जना समेत कुल १ सय ३२ जना यात्रुहरु सवार थिए ।

Facebook Comments