Mon. May 20th, 2024

चाइना इस्टर्न एयरलाइन्सको ७३७ वोईङ विमान उडानकै क्रममा दुर्घटनाग्रस्त, पखेटाका केही टुक्रा भेटिए

- चीनको विमान दुर्घटना अप्डेट

काठमाण्डौं, २०७८ चैत ८ गते मंगलबार । दक्षिण चीनमा हिँजो सोमबार दिउसो भएको डरलाग्दो विमान दुर्घटनाका पछिल्ला समाचारहरु चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।

चीनको खुनमिङबाट क्वाङचौं शहरको लागि चालक दलका सदस्यसहित १ सय ३२ जना यात्रुहरु बोकेर उडेको चाइना इस्टर्न एयरलाइन्सको ७३७ वोईङ विमान उडानकै क्रममा दिउसो २ वजेर ३६ मिनेटमा क्वाङ सी च्वाङ स्वायत्त प्रदेशमा सम्पर्क विहिन भएको थियो । स्थानिय समय अनुसार दिउसो ११५ वजे उडेको सो विमान दिउसो ३ वजे क्वाङचौं पुग्नु पर्ने थियो । तर २२ मिनेट पहिले नै सो विमान दुर्घटनामा परेको छ ।

चीन सरकारले दुर्घटना लगत्तै ठूलो संख्यामा उद्धारकर्मीहरु दुर्घटनाग्रष्त क्षेत्रमा पुर्याएको भए पनि विमानका केही टुक्राहरु, पखेटाका केही भाग र यात्रुहरुका सामानका केही टुक्रा मात्र फेला पारेका छन् । दुर्घटनाग्रष्त क्षेत्र पहाडी भागमा खोल्सो जस्तो क्षेत्रमा रहेको र उद्धारकर्मीहरुले द्रुतगतिमा उद्धारको प्रयास गरेका समाचारहरु प्राप्त भएका छन् ।

दुर्घटनास्थलमा डरलाग्दो आगलागी भएको देखिए पनि सो विमानमा आकाशमै आगो लागेको थियो वा दुर्घटनाभएपछि आगो लागेको थियो भन्नेबारे थाहा हुन सकेको छैन । दुर्घटनाक्षेत्र वरिपरीका वाँसघारी र केराघारीमा विमानका भग्नावषेसहरु भेटिएका छन् । स्थानिय गाउँले शि फक्सियोङले दुर्घटनास्थलमा ठूलो खाडल देखेको र वरपरका दर्जनौं मिटर भित्रका रूखहरू समतल भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, विमान र सामानको साना भग्नावशेषका धेरै टुक्रा थिए, तर भग्नावशेषको ठूलो टुक्रा थिएन ।

दुर्घटनास्थलमा डरलाग्दो आगलागी भएको देखिए पनि सो विमानमा आकाशमै आगो लागेको थियो वा दुर्घटनाभएपछि आगो लागेको थियो भन्नेबारे थाहा हुन सकेको छैन । दुर्घटनाक्षेत्र वरिपरीका वाँसघारी र केराघारीमा विमानका भग्नावषेसहरु भेटिएका छन् । स्थानिय गाउँले शि फक्सियोङले दुर्घटनास्थलमा ठूलो खाडल देखेको र वरपरका दर्जनौं मिटर भित्रका रूखहरू समतल भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, विमान र सामानको साना भग्नावशेषका धेरै टुक्रा थिए, तर भग्नावशेषको ठूलो टुक्रा थिएन ।

क्वाङ सी क्षेत्रीय स्वास्थ्य आयोगले १२ जना चिकित्सा विशेषज्ञहरूलाई सो क्षेत्रमा पठाएको छ । त्यसैगरी उ चौ शहरमा स्वास्थ्य अधिकारीहरूले पठाएका ८० जना भन्दा बढी स्वास्थ्यकर्मी र ३६ वटा एम्बुलेन्सहरू घटनास्थलमा पुगेका छन् । यसैबीच चाइना इस्टर्न एयरलाइन्सले आपतकालीन प्रतिक्रिया संयन्त्र सुरु गरेको बताएको छ। विमान व्यवस्थापन, दुर्घटना अनुसन्धान, पारिवारिक सहयोग, रसद सहयोग, कानुनी सहयोग, जनसम्पर्क, सुरक्षा, आर्थिक बीमा र कार्गो डिस्पोजलका लागि ९ वटा विशेष कार्यदल गठन गरेको छ ।

सिन्ह्वा न्यूज एजेन्सीका अनुसार विमान कम्पनीले दुर्घटनाको कारणबारे पूर्ण अनुसन्धान गरिने बताएको छ । बोइङ चाइनाले दुर्घटनाको मिडिया रिपोर्टहरू बारे सचेत रहेको र थप जानकारी सङ्कलन गर्ने काम गरिरहेको बताएको छ।

मोबाइल फोनबाट खिचिएको तस्बिरले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको टेङ्क्सियान काउन्टीको दुर्घटनास्थलमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष देखाएको छ।

हालसम्म विमानका केही टुक्रामात्र फेला पर्नु र विमानमा डरलाग्दो आगो लाग्नु जस्ता कारणले विमानमा सवार कोही पनि जिवित रहन सक्ने अवस्था नदेखिएको बताईएको छ । यद्यपी यस विषयमा चीन सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।

Facebook Comments