Sun. May 19th, 2024

युक्रेनको मारिओपोलका ८० प्रतिशत भवन क्षतिग्रस्त, रुसी सेना पुगेपछि भिडन्त जारी

काठमाण्डौं, २०७८ चैत ५ गते शनिबार । रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको छ।

रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेका थिए। मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गर्नुभयो ।

“सहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि छैन,” उहाँले भन्नुभयो। यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकहरूलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताउनु भएको छ ।

यसैबीच राष्ट्रपति जेलेन्स्कीले मस्कोलाई  अविलम्ब अर्थपूर्ण शान्ति र सुरक्षावार्ता गर्न आह्वान गर्नुभएको छ भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एउटा सभामा बोल्दै आफ्नो सेनाको प्रशंसा गर्नुभएको छ । बीबीसी

Facebook Comments