Tue. May 21st, 2024

युक्रेनस्थित सयौँ सर्वसाधारण नागरिकले आश्रय लिएको भवनमा रुसी बम आक्रमण

- रुस युक्रेन युद्ध

काठमाण्डौं, २०७८ चैत ३ गते बिहीबार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियतवश मारिओपोलमा सयौँ मानिसले आश्रय लिएर बसेको एउटा नाटकघरमा बम आक्रमण गरेको आरोप लगाएका छन्।

रुसी विमानहरूलाई जनाउ दिन उक्त नाटकघरको बाहिर चौरमा ठूलो अक्षरमा “बालबालिका” लेखिएको थियो। त्यहाँ कति जनाको मृत्यु भयो भन्ने आधिकारिक जानकारी आएको छैन।

रुसले गैरसैनिक मानिसहरूलाई निसाना नबनाइएको दाबी गरेको छ। युक्रेनी सेनाका एक वरिष्ठ अधिकारीले रुसी सेना जमिनमा अघि बढ्न नसकेपछि रुसी लडाकु विमानहरूले गैरसैनिक संरचना र सर्वसाधारण मानिसहरू भएको ठाउँलाई तारो बनाएको दाबी गरेका छन्। बीबीसी

Facebook Comments