Fri. May 10th, 2024

पारा तेक्वान्दो टोली नेपाल फर्कियो

काठमाण्डौं, २०७८ चैत २ गते बुधबार । डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भइ १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ ।

इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के- ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत पदक जित्नु भएको थियो । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ एसियाली पारा गेम्समा पनि सिर्जनले रजत पदक नै जित्नु भएको थियो । प्रशिक्षकमा कविराज नेगी लामा हुनुहुन्छ ।

Facebook Comments