Fri. May 10th, 2024

तेक्वान्दो टोली बेल्जियम जाने

काठमाण्डौं, २०७८ चैत २ गते बुधबार । बेल्जियन ओपन जि-२ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्दैछ ।

चैत ५ देखि ६ गतेसम्म हुने प्रतियोगिताको ८० केजीमुनि धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर महरा, ६३ केजीमा अब्बास खान तथा ५४ केजीमा महोहम्मद उमर खानले नेपालको चुनौती पेश गर्नुहुनेछ । टोलीमा २ जना खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का पदक विजेता हुनुहुन्छ । १३ औं सागमा वीरबहादुरले स्वर्ण तथा शिशिरले कांस्य जित्नु भएको थियो ।

टोलीका मुख्य प्रशिक्षकमा गोपाल श्रेष्ठ र प्रशिक्षकमा रोशन खान तथा व्यवस्थापकमा सैलेश श्रेष्ठ रहनु भएको छ । ग्योरोगीका सेकेन्ड क्लास निर्णायक अशोक खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ ।

Facebook Comments