Tue. May 21st, 2024

साउदी अरबका राजकुमार आज नेपाल आउनुहुँदै

काठमाण्डौं, २०७८ फागुन ३० गते सोमबार । साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा फैजल दुई दिने नेपाल भ्रमणका लागि आउन लाग्नु भएको परराष्ट्र मन्त्रालयले दिएको जानकारीमा उल्लेख छ ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Facebook Comments