Tue. Dec 24th, 2024

प्रधानन्यायाधीश राणाविरुद्ध पदीय मर्यादा नदेखिएकाले महाभियोग

काठमाण्डौं, २०७८ फागुन २९ गते आईतबार । नेकपा (माओवादी केन्द्र)का सांसद देव गुरुङले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर राणाले पदीय मर्यादा अनुरुप काम नगरेको बताउनुभएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा राणाविरुद्धको महाभियोग प्रस्ताव पेश गर्दै गुरुङले यस्तो बताउनुभएको हो। प्रधान्यायाधीशले अदालतको गरिमा कायम गर्न नसकेको बताउनुभयो। प्रधान्यायाधीशको सुनुवाइका क्रममा संसदमा गरेका प्रतिबद्धता पूरा नगरेकोसमेत उहाँले बताउनुभएको छ।

सम्मानित पदमा बसेका व्यक्तिले त्यसको अपमान गरेको आरोप महाभियोग प्रस्तावमा उल्लेख गरिएको छ। सांसद गुरुङले संविधानको धारा १०१ को उपधारा (२) एवम् प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ अनुसार संसदमा दर्ता भएको महाभियोग प्रस्ताव संसदमा पेश गर्नुभएको हो।

सांसद देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक एवम् ९५ जना सांसद समर्थक पेश भएको महाभियोग प्रस्ताव आइतबार प्रतिनिधिसभा बैठकमा पेश भएको हो। गोरखापत्र अनलाईन

Facebook Comments