Mon. May 20th, 2024

रुस युक्रेन युद्धमा अहिलेसम्म १३ सय युक्रेनी सैनिक र १२ हजार रुसी सैनिकको मृत्यु भएको राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको दाबी

काठमाण्डौं, २०७८ फागुन २९ गते आईतबार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १ हजार ३ सय युक्रेनी सैनिक र झन्डै १२ हजार रुसी सैनिकको मृत्यु भएको दाबी गर्नुभएको छ ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उहाँले शुक्रवारसम्म झन्डै ५ सयदेखि ६ सय जना रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताउनु भएको छ । तर यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताउनु भयो।

“उनीहरूले [अनुमानित] १२ हजार जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन… संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,” उहाँले भन्नुभयो ।

रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ। अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ। बीबीसी

Facebook Comments