Fri. Dec 5th, 2025

पूर्वी नेपालका मनै लोभ्याउने तोरीबारीहरु

       

काठमाडौं, २०७६ पुष २८ गते सोमबार

तोरी एक तेलहन बाली हो। नेपालको पहाडी या समथर भूभागमा यसको खेती प्रशस्त मात्रामा गरिन्छ। तोरी नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ भने तोेरीको सागबाट नै नेपालको राष्ट्रिय तरकारी गुन्द्रुक पनि बनाईन्छ । यत्तिवेला चाहे हामी तराईका समथल भूमीतिर घुमौं वा पहाडी प्रदेश यत्रतत्र मान्छेको मनै लोभ्याउने गरी तोरी फूलेको देख्न सकिन्छ । यहाँ पूर्वी नेपालको मोरंग जिल्लाको ग्रामथान गाउँपालीका वडा नं. २ झोराहाट र झापा जिल्लाको गौरादह नगरपालीका वडा नंं. ७ ग्वाल्डुब्बाका केही क्षेत्रमा पँहेलै फूलेका रमणीय तोरीवारीको तस्विर राखिएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

1 min read