Wed. May 1st, 2024

प्रगतिशिल तथा पेशागत कानून व्यवसायी समुहका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न

- नेपाल बार एशोसिएशन निर्वाचन विशेष

dav

काठमाण्डौं, २०७८ फागुन २७ गते शुक्रबार । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको  चैत १९ गते हुने निर्वाचनका लागि प्रगतिशिल तथा पेशागत कानून व्यवसायी समुहकातर्फबाट चयन गरिनु भएका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डौं बुद्धनगरस्थित क्वालिटी व्याङक्विटमा बिहिबार आयोजित उक्त परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पदका उम्मेदवार बरिष्ठ अधिवक्ता बिष्णुमणि अधिकारीले न्यायपालिकालाई विक्रिति, विसंगती, भ्रष्टाचारमुक्त र स्वच्छ न्यायपालिका बनाउने कुरो आफ्नो समूहको चुनावी घोषणापत्रमा आएको बताउनुहुँदै संस्थागत रुपमा न्यायपालिकाले भ्रष्टाचार गर्छ र ? भन्ने जुन विकसित देशका नागरिकहरुमा छाप परेको छ त्यस किसिमको न्यायपालिका बनाउने आफ्नो समूहको चाहना भएको बताउनु भयो ।

dav

प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबरा विरुद्धको महाअभियोग अब संसदको हातमा गएको हुनाले अब संसदले सो विषयमा उपयुक्त निकास निकाल्ने पनि अधिकारीले बताउनु भयो । साथै अधिकारीले आगामी दिनमा सबै न्यायाधिश स्वच्छ हुनुपर्छ, कोही न्यायाधिश गलत क्रियाकलापमा संलग्न हुनुहुन्छ भने नेपाल बार एशोसिएशनले पहरेदारी गरेर उहाँहरुलाई समेत कानूनी दायरामा ल्याउने बताउनु भयो । आफ्नो टिम अबका दिनमा अदालतमा भ्रष्टाचार हुनै सक्दैन भन्ने दिशामा केन्द्रित भएको पनि अधिकारीको भनाई छ ।

अधिकारीले नाम चलेका वरिष्ट अधिवक्ता तथा अधिवक्ताहरुलाई नमस्ते गर्नुपर्ने, अझ उनीहरुका अभिभावकले आफ्ना छोराछोरीलाई हजुरको फर्ममा राखिदिने कि हजुर भन्दै नमस्ते गर्दै हिड्नु पर्ने हो कि बार एशोसिएशनले लाईसन प्राप्त नव प्रवेशी कानून व्यवसायीहरुको लिस्ट बनाएर चलेका ल फर्महरुको पनि लिष्ट बनाएर त्यता पठाउने भन्ने प्रश्न गर्नुभयो । साथै उहाँले कसैलाई पनि हिनताबोध गर्न नपर्ने गरि व्यवसायमा लाग्न संस्थागत व्यवस्थाको पक्षमा आफ्नो समूह क्रियाशिल हुने जानकारी दिनुभयो ।

dav

महासचिव पदका उम्मेदवार अधिवक्ता केदार प्रसाद कोइरालाले यस पटकको नेपाल बारको निर्वाचनमा ४ वर्षदेखि कानून व्यवसायमा लाग्नु भएका नवोदित कानून व्यवसायीदेखि ३३ वर्षसम्मको अनुभव हासिल गर्नुभएका कानूनव्यवसायीहरुको परिपक्व तथा दक्ष टिम आफूहरुसँग भएकोले नेपाल बारको आगामी नेतृत्व यस टिमले कुशलतापूर्वक हाँक्ने विश्वास व्यक्त गर्नुभयो ।

dav

नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष तथा टिकाराम भट्टराईले नेपाल वार एशोसिएशनले मुलुकको राजनीतिक तथा कानूनी क्षेत्रका ठूलाठूला परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र त्यसको नेतृत्व प्रगतिशील तथा पेशागत समूहले गरेको बताउनु हुँदै यस समूहले तयार पारेका उम्मेदावाररुको जित आवश्यक रहेको बताउनु भयो ।

साथै भट्टराईले चरित्रका हिसावले बार एशोसिएशन जहिले पनि प्रतिपक्षी रहने जानकारी दिनुहुँदै आफ्नो पार्टीकै सरकार भए पनि प्रतिपक्षी चरित्र भएकोले कानून व्यवसायीहरुको शिर झुक्न नदिने बताउनु भयो । कानूनको शासन, संवैधानिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका जस्ता मूल्य र मान्यताहरुलाई आफुहरुले कहिल्यै तल पर्न नदिने पनि भट्टराईले प्रस्ट पार्नुभयो ।

प्रगतिशील तथा पेशागत कानून व्यवसायी सगठन (पिपिएलए) का उम्मेदवारहरु

अध्यक्षः बरिष्ट अधिवक्ता बिष्णुमणि अधिकारी
प्रदेश १ उपाध्यक्ष : अधिवक्ता रोहित डाङ्गि
मधेश प्रदेश उपाध्यक्ष : अ.केशव दास
बाग्मती प्रदेश उपाध्यक्ष अ. डिल्लीराम मैनाली
गण्डगी प्रदेश उपाध्यक्ष अ. भुपेन्द्र खनाल
लुम्बिनी प्रदेश उपाध्यक्ष अ. बासुदेब ज्ञवाली
कर्णाली प्रदेश उपाध्यक्ष अ.बिष्णु प्रसाद तिमिल्सिना
सुदुर पश्चिम प्रदेश उपाध्यक्ष : अ.चन्ख बहादुर सावद ( सिबी)
महिला उपाध्यक्ष :अ. रमा श्रेष्ठ
महासचिव :अ. केदार प्रसाद कोइराला
कोषाध्यक्ष : अ.जगत बहादुर कार्की
सदस्य : दलित: कुन्जनि परियार ‘प्यासी’
मधेसी/ मुस्लिम :
१.उपत्यका बाहिर: अ. नरसिह चौधरी
२.उपत्यका भित्र खुला: अ.सुवासचन्द्र झा
आदिवासी जनजाति :
१.खुला १: अ.दिलकुमारी राइ
२.उपत्यका बाहिर: अ.शशी कुमारी श्रेष्ठ
महिला सदस्य
१. उपत्यका बाहीर : अ. इन्दिरा आचार्य
२.महिला / खुला :अ. मनिका खड्का
खुला ७ जना
१. अ. गणेश वलि (उपत्यका बाहिर)
२. अ.कुबेर घिमिरे
३.अ.युवक कुमार गौतम
४ अ.अर्जुन खड्का
५.अ.अनिल श्रेष्ठ
६.अ.तारा कुमार श्रेष्ठ
७. अ.हरि पङ्गेनी

Facebook Comments