Sun. May 19th, 2024

राष्ट्रपति भण्डारीसँग फ्रान्सेली संसदीय समूहको शिष्टाचार भेट, आपसी हित र चासोका विषयमा कुराकानी

काठमाण्डौं, २०७८ फागुन २७ गते शुक्रबार । नेपाल भ्रमणमा रहेको नेपाल–फ्रान्स संसदीय समूहका प्रतिनिधिहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ। बिहीबार शीतलमा नेपाल–फ्रान्स संसदीय समूहका प्रतिनिधिले राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार शिष्टाचार भेटमा नेपाल–फ्रान्स संसदीय समूहकी अध्यक्ष भेरोनिक रियोतों सहितको टोली उपस्थित थियो। उक्त भेटमा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रवक्ता आचार्यले बताउनुभयो।

‘भेटको अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो’, प्रवक्ता आचार्यले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी समेतको उपस्थिति थियो।’

Facebook Comments