Thu. May 9th, 2024

संखुवासभाको मादीमा बस दुर्घटना, १२ जनाको मृत्यु

काठमाण्डौं, २०७८ फागुन २६ गते बिहीबार । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । आज बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरुको परिचय खुल्न बाँकी छ । घाइते भएका ३ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ । थप विवरण आउँन बाँकि छ ।

Facebook Comments