Mon. Dec 23rd, 2024

चीनका परराष्ट्र मन्त्रीद्वारा चीनको कुटनीति र वैदेशिक सम्बन्धबारे चर्चा

 काठमाण्डौं, २०७८ फागुन २३ गते सोमबार । तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं अधिवेशनमा आज मार्च ७ तारिख पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले सो पत्रकार सम्मेलनमा बोल्दै चालु वर्ष चुनौतिपूर्ण वर्ष हुने बताउनुभएको छ।

उहाँका अनुसार, कोरोना महामारी चौतर्फी रुपमा पराजति छैन, यसका साथै युक्रेन संकटका कारण अनिश्चित अन्तर्राष्ट्रिय स्थिति अझ जटिल र उथलपुथल बन्दै आएको छ। यस्तो महत्वपूर्ण घडीमा विभिन्न देशहरु एकजूट हुन आवश्यक छ। उत्तरदायित्वयुक्त ठूलो मुलुकको रुपमा चीनले बहुपक्षीयवादको झण्डा उठाएर शान्तिपूर्ण विकासको खोजी दिने मुलुकहरुसँगै मिलेर एकजुट र सहयोगलाई सबल पारी चुनौतीको संयुक्त रुपमा सामना गरी मानव जातिको साझा भाग्य समूदायको निर्माणलाई अघि बढाउने छ।

वाङ यीले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको सफलता खेलकुदको विजय मात्र नभई एकजूटको विजय पनि भएको औँल्याउनुभयो। यसै बीच वाङ यीले युक्रेनको परिस्थितिबारे चर्चा गर्दै ठूलो परिमाणको मानवतावादी संकटबाट जोगाउनका लागि चीनले ६ सूत्रीय राय-सुझाव प्रस्तुत गरेको कुरामा जोड दिनुभयो। मानवतावादी संकटको सामना गर्न आफ्नो प्रयास गर्न चीन इच्छुक रहेको उहाँले घोषणा गर्नुभयो।

उथलपूथल विश्वका सामु चीनले स्थिर र सक्रिय प्रतिनिधित्व गरी इतिहास अघि बढ्ने उचित दिशामा उभिने भन्दै चीनले अटलताका साथ शान्ति, विकास, सहयोग र साझा जीतको झण्डा उठाएर नयाँ खालको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्न तथा मानव जातिको साझा भाग्य समुदायको निर्माणलाई अघि बढाउने बताउनुभयो।

वाङ यीले चीन-रुस सम्बन्धबारे चर्चा गर्दै यो सम्बन्ध विश्वमा सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धहरुमध्येको एकका रुपमा चीन-रुस सहयोगले दुई देशका जनताका लागि हित कल्याण ल्याएको र यो सम्बन्ध विश्व शान्ति, स्थिरता र विकासका लागि पनि हितकर भएको बताउनुभयो।

चीन अमेरिका सम्बन्धबारे चर्चा गर्दै मन्त्री वाङ यीले ठूला मुलुक बीचको प्रतिस्पर्धा युगको मुख्य विषय नरहेकाले चीन सम्बन्धी अमेरिकी नीतिलाई वास्तविक र उचित लिकमा फर्काउनुका साथै चीन अमेरिका सम्बन्धलाई स्वस्थ र स्थिर बाटोमा पुन:लैजान अमेरिकालाई आह्वान गर्नुभएको छ।

चीन यूरोप सम्बन्धबारे चर्चा गर्दै मन्त्री वाङले चीनले सधैं नै रणनीतिक र दीर्घालनीन दृष्टिबाट चीन युरोप सम्बन्धको व्यवहार गर्दै आएको जानकारी दिनभुयो। उहाँका अनुसार, चीन र युरोप विश्व शान्तिको संरक्षण गर्ने दुइवटा ठूलो शक्ति हुनुका साथै साझा विकासलाई प्रबर्द्धन गर्ने दुइवटा ठूलो बजार पनि हुन्।

आगामी दिनहरूमा चीनले अन्तर्राष्ट्रिय समाजसँगै मिलेर निरन्तर रूपमा बेल्ट एण्ड रोडको निर्माण प्रक्रियालाई अघि बढाउँदै जाने कुरामा पनि मन्त्री वाङले जोड दिनुभएको छ।

इण्डो प्यासिफिक क्षेत्र नामक अमेरिकी प्रस्ताव शान्ति, विकास, सहकार्य र साझा जीत खोज्ने सम्बद्ध क्षेत्रीय मुलुकको साझा अभिलाषा विपरीत भएकाले कुनै पनि भविश्य नरहेको उहाँले औँल्याउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको पुरै विश्व विकास हुने प्रस्ताव विभिन्न पक्षका चाहनासित निकै मेल खाएकाले तुरून्तै त्यसलाई संयुक्त राष्ट्र संघ र लगभग १ सय मुलुकका सकारात्मक समर्थन प्राप्त गरेको जानकारी पनि मन्त्री वाङले दिनुभएको छ।

मन्त्री वाङ यीले चालु वर्ष चीन र जापानको दौत्य सम्बन्ध सामान्यीकरण भएको पचासौं वर्ष हो र दुवै पक्षले इतिहासलाई निष्कर्श निकाल्ने र संयुक्त रुपमा भविश्यको सिर्जना गर्ने महत्वपूर्ण अवसर रहेको प्रकट गर्नुभयो।

कोरियाली प्रायद्वीपको समस्याबारे चर्चा गर्दै वाङ यीले यस समस्याको समाधान गर्नका लागि विभिन्न पक्षहरुले सँगै मिलेर एउटै दिशातर्फ अघि बढ्न आवश्यक रहेको औंल्याउनुभयो। चीनले यस समस्याको समाधानमा रचनात्मक भूमिका निर्वाह गरी आफ्नो प्रयास गर्ने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

यसै बीच वाङ यीले चीन र आशियानले असल छिमेकी, सहयोग र साझा जीत रहेको उज्यालो बाटो हिँडेर सबैभन्दा बढी प्रेरक शक्ति तथा निहित शक्ति भएको क्षेत्रीय सहयोगको नमूना बनाएको बताउनुभयो। चीन र आशियान सम्बन्ध भविश्यमा अहिलेभन्दा अझ राम्रो हुने पनि उहाँले बताउनुभयो।

मन्त्री वाङका अनुसार, “अमेरिकी ढाँचा” अनुसार प्रजातन्त्रको मापदण्डको तर्जुमा गर्नु एक किसिमको प्रजातन्त्र रहित कारवाही हो। प्रजातान्त्रिक निहुँ खोजेर अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुराबाट जनतालाई दु:ख ल्याइनेछ।

थाइवान समस्याबारे चर्चा गर्दै मन्त्री वाङले थाइवान चीनको भूखण्डको एक अविच्छिन्न अङग भएकाले थाइवान समस्या पूराका पूरै चीनको आन्तरिका मामिला हो भन्ने कुरामा जोड दिनुभएको छ।

चीन भारत सम्बन्धबारे चर्चा गर्दै सँगै मिलेर एकले अर्कालाई त्रास धम्की नदिने र एकले अर्कालाई विकास अवसरको सिर्जना गर्ने रणनीतिक मतैक्यलाई कायम राखेर दुवै देशबीचको सम्बन्धलाई सही बाटोमा लैजांदै जाने आशा पनि प्रकट गर्नुभएको छ। वाङ यीले “दक्षिण चीन सागर सम्बन्धी क्रियाकलापको मापदण्ड” सम्पन्न हुनका लागि चीनले पूर्ण विश्वास लिएको व्यक्त गर्नुभयो। किनभने यस मापदण्ड सम्बन्धी छलफललाई अघि बढाउनु चीन र आशियानका विभिन्न मुलुकहरुको साझा हितसँग अनुकूल रहेको उहाँले औंल्याउनुभयो।

त्यसै गरी वाङ यीले अफगानिस्तानलाई सहयोग गर्नका लागि निर्णायक छिटै मानवतावादी सहयोग प्रदान गर्नु हो भन्नुभयो। चीनले सुरुमै अफगानिस्तानलाई सहयोग गरिसकेको र अफगानिस्तानका जनताको माग बमोजिम नयाँ सहयोग थप्ने जानकारी वाङ यीले गराउनुभयो। सीआरआई

Facebook Comments