Mon. May 20th, 2024

युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रूपमा बाहिरिए : परराष्ट्रमन्त्री खड्का

काठमाण्डौं, २०७८ फागुन २३ गते सोमबार । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली छिमेकी मुलुकमा पुगिसकेको जानकारी दिनुभयो ।

आज मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताउनुभएको हो । उहाँका अनुसार उद्धार गरिएकाहरुमध्ये ४ सय  २७ जना पोल्याण्ड र बाँकी अन्य देशमा सुरक्षित छन् ।

प्रेस ब्रिफिङमा भारत सरकारको उद्धार टोलीलाई नेपाली नागरिकलाई पनि उद्धार गर्न आग्रह गरेको जानकारी दिनुहुँदै उहाँले सोही अनुसार सहयोग भएकोमा भारत सरकारलाई धन्यवाद दिनुभएको भयो ।

त्यस्तै, उहाँले राष्ट्रसङ्घको ११ औँ आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी दिनुभयो । मन्त्री खड्काका अनुसार असंलग्न परराष्ट्र नीति अनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको हो । नेपाल टेलिभिजन

Facebook Comments