Mon. May 20th, 2024

रुसले युद्ध शुरू भए यता ८८ वटा विमान गुमाएको युक्रेनको दावी

काठमाण्डौं, २०७८ फागुन २२ गते आईतबार । युक्रेनको रक्षा मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै युद्ध सुरु भएयता रुसले ८८ वटा विमान र हेलिकोप्टर गुमाएको दावी गरको छ ।

प्रतिवेदनका अनुसार केही रुसी विमान चालकहरू पनि युक्रेनले नियन्त्रणमा लिएको छ । युक्रेनको सशस्त्र फौजले दक्षिण पूर्वमा रहेको बन्दरगाह शहर मरिअपलको रक्षार्थ लडिरहेको पनि प्रतिवदेन मार्फत जानकारी दिएको छ । त्यसैगरी ठूलै मात्रामा रुसी उपकरण दक्षिणी मिकोलेभ क्षेत्रमा नियन्त्रणमा लिइएको छ भने रुसी फौजहरू युक्रेनी प्रतिरोधको शक्ति देखेर “हतोत्साहि” भएका विवरण पनि प्रतिवेदनमा समावेश गरिएको छ ।

तर बीबीसीले युक्रेनी सेनाको दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। रुसले आफ्नो क्षतिको थोरै मात्र विवरण दिएको छ तर सैन्य विज्ञहरूले युक्रेनी प्रतिरोधको शक्तिबाट रुसीहरू आश्चर्यमा परेका र युक्रेनभित्र पसेका रुसी फौजलाई आवश्यक वस्तु उपलब्ध गराउन र रुसी समूहको मनोबल उच्च राख्न समस्या पैदा भएको पनि बताएका छन्। बीबीसी

Facebook Comments